2026-09-13 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

 माघ १८, बाजुरा । जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो ।

साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले बताउनुभयो । चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उहाँको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।

त्यसैगरी सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उहाँलाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिनुभयो । उहाँलाई पनि उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा विश्वकर्माको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुख डा विश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो । स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन