Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  
2026-07-25 10:00 AM
काठमाडौँ - KTM

काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक ः नेता कोइराला

 फागुन १०, राँझा  नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गुट र उपगुटमा डुबेको काँग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ ।” 

नेता डा कोइरालाले १४औँ महाधिवेशनबाट काँग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिदैं महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बिपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा दृढ रहेको भन्नुभयो । 

“मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । नेता कोइरालाले सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानविनको मागसमेत गर्नुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, डा चन्द्र भण्डारीलगायतका नेताका साथमा बाँके आउनुभएका नेता डा कोइराला आज पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँगे्रस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक