४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा तरुण दलको नगरकमिटि गठन

१६ फाल्गुन २०७६, शुक्रबार १३:४०

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले मुडिकुवामा नयाँ कार्य समिति गठन गरेको हो । प्रजातन्त्रमा आस्थावान युवाहरुको समुहले तरुण दल मुडिकुवाको अध्यक्षमा रामप्रसाद गौडेल ‘रामु’ लाई चयन गरेको छ । भने   उपाध्याक्षमा निरज कुवँर, अर्को उपाध्याक्षमा अभिनाश भुषाल, सचिवमा मनोज भुषाल, सहसचिवमा इन्द्र सापकोटा, कोषाध्याक्ष दिव्य लामिछाने लगायत २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।



कार्यक्रमका प्रमुख अतिथि  कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछानेले युवाहरुले जब सम्म आफ्नो क्षमता बिकास गरेर नेतृत्व लिन सक्दैन तब सम्म देश बिकासमा केही सकारात्मक उपलब्धि हुन नसक्ने भन्दै  देश विकासको तिम्ती युवा नेतृत्व प्रभावकारी हुनु पर्नेमा जोड दिनु  भयो । उहाँले युवाहरुलाई विकास र समृद्धि सँग जोड्न सके मुलुकले छिट्टै सफलता प्राप्त गर्ने भन्दै नया कार्यसमितिलाई सफलताको शुभकामना ब्याक्त गर्नु भयो। । नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी समेत रहेकी काफ्लले तरुण दललाई पार्टीले परिचालन गर्न सके नेपाली काँग्रेस एक नम्वरको पार्टी बन्ने कुरामा दुविधा नरहेको जिकिर गर्नुभयो । नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो । उहाँले पार्टीले तरुण युवाहरुलाई परिचालन गर्न नसकेको प्रति द्ुख व्यक्त गर्दै आफ्नो लागि आफू लडेर पनि हक अधिकार प्राप्त गर्न पर्ने औल्याउनु भयो।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौडेल, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार‘शिव’, पर्वत काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जीवन भुषाल क्षेत्री, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सदस्य धनेश्वर रेग्मी, विश्व हिन्दु महासंघ फलेवास नगरपालिकाका अध्यक्ष युवनाथ गौडेल रेग्मी लगायतले बोल्नुभएको थियो ।

नेपाल तरुण दल फलेवास नगर कार्य समितिका अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तरुण दल फलेवासका उपाध्याक्ष सरोज खनाल र कार्यक्रमको संचालन तरुण दल फलेवास नगर समितिका सचिव भानुप्रकाश थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ