धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना, ८ जना घाइते

Posted on: 01 Mar, 2020

फागुन १८, बैतडी | बैतडीमा स्कारपियो दुर्घटनामा भएको छ | धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो बिहान साढे ५ बजे तिर महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा दुर्घटना भएको हो |

उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् | घाइते मध्ये १ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ | जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गम्भीर घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट रहेका छन् |

घाइतेहरु सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ | स्कारपियो सडकबाट १५ मिटर तल खसेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!