२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ

२०७६, २ चैत्र आईतवार ०३:३२

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन् ।  व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नं ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नं ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए ।   

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले जानकारी दिनुभयो । “हामी पुर्खौदेखि यही महाकाली नदीलाई पवित्र तीर्थस्थल मानेर पूजापाठ गर्छौँ”, उहाँले भन्नुभयो, “तर अहिले आएर दिनहुँ  नदीमा फोहर फाल्ने, ढल मिसाउने, दिसा मिसाउने तथा बजार क्षेत्रको फोहर नदीमा विर्सजन गर्दा नदीको पवित्रता ह्रास हँुदै गएको छ ।” सगरमाथा महिला सशक्तीकरण समूहका अध्यक्ष पुष्पा धामी नदी तटिय क्षेत्रका नागरिकले खानेपानीको रुपमा  नदीको पानी पिउनुपर्ने बाध्यता रहेको हुँदानदी सफाइमा सबैले लाग्नुपर्ने बताउनुहुन्छ । इतिहासका जानकार मदन गिरीले भन्नुभयो “कैलाश मानसरोवर भएर बग्ने महाकाली नदीमा स्नान गर्ने हो भने अन्य गङ्गामा स्नान गर्नुको अर्थ छैन ।  नदीको पवित्रता र महत्व उतिबेलै स्कन्दपुराणमा उल्लेख गरिएको छ ।” 

जिल्लामा सो  परियोजना लागू भएपछि सो नदीको महत्व र सरसफाइका बारेमा पैरवी हुन थालेको हो । सङ्कल्पका कार्यक्रम संयोजक नारायण जोशी  कार्यक्रममार्फत  नदीको प्रभावकारिता र महत्वबारे महिला समूहलाई जानकारी गराइएपछि अहिले आएर नदीको पानीको पूजा गरिन लागेको बताउनुहुन्छ ।

 “नदीबाट के फाइदा लिन सकिन्छ, नदीको महत्व र उपयोगका बारेमा अहिले समूहमा छलफल गराउने गरेका छौँ”, सामाजिक परिचालक चन्द्रा सामन्तले भन्नुभयो, “नदीलाई प्रदूषित हुन नदिन अहिले ग्रामीण क्षेत्रका महिला सक्रिय भएका छन् ।”

नदी प्रभावित क्षेत्रमा विभिन्न किसिमका सशक्तीकरण गर्दै जलवायु परिवर्तनमा महिलाले कसरी जुध्ने र वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको परियोजना संयोजक जोशीले जानकारी दिनुभयो । कार्यकारी निर्देशक नारायण जोशीले  भौगोलिक दृष्टिकोणबाट सङ्कटासन्न बस्तीमा पनि  परियोजना प्रभावकारी हुने र यो क्षेत्र नै कार्यक्रमको प्राथमिकतामा परेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ