2026-07-25 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या चीनभन्दा धेरै पुग्यो

चैत ७, काठमाडौँ | कोरोना भाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि इटलीमा कोभिड-१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको छ । 

इटालीमा आज रातिसम्मको पछिल्लो अपडेट अनुसार कुल ४१ हजार ३५ जनामा संक्रमण भएकोमा मृत्यु हुनेको सङ्ख्या भने ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो ।

चीनमा अहिलेसम्म ३,२४९ जनाको मात्र ज्यान गएको बताइएपछि चीनले सार्वजनिक गरेको तथ्याङ्कको विश्वसनीयतामाथि पनि प्रश्न उठेका छन् । चीनले तथ्यांक लुकाएको हुनसक्ने आशंका गरिएको छ । 

पछिल्लो निर्णय अनुसार इटालीले मानिसहरूलाई मार्चको अन्त्यसम्मनै घरबाट बाहिर ननिस्कन भनेको छ । 

यता चीनले भने गत बुधवारको दिन पहिलो पटक कुनैपनि नयाँ सङ्क्रमण नभेटिएको जनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ