२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

१२ चैत्र २०७६, बुधबार ०४:४६

चैत १२, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो । 

यसअघि माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा निर्माण गर्ने भनिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्षले अवरोध गरेपछि कभर्ड हल सारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “हामीले आफ्नै कभर्ड हलमा निर्माण गर्ने भनेका थियौँ”, उहाँले भन्नुभयो, “उहाँहरुकै अनुरोधमा बोर्डिङमा निर्माण गर्ने निर्णय गरिएको थियो, अन्तिम चरणमा आएर व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले नै अवरोध गर्नुभएपछि पुनः कभर्ड हल सारिएको हो ।” 

जिल्ला समन्वय समिति खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । करीब दुई घण्टाको अवधिमा क्वारेन्टाइन निर्माण गरिएसँगै जिल्लामा सञ्चालित सबै एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । 

यसअघि जिल्लाको एक मात्र सरकारी अस्पताल दिक्तेल बजारमा तीन शय्याको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) स्थापना गरिसकिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्ड कम क्षमताको भएपछि कभर्ड हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समिति खोटाङका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

कोभिड १९ को जोखिम न्यूनीकरण गर्न जिल्ला समन्वय समिति प्रमुख चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समितिसमेत गठन गरिएको छ । जिल्लाका दशै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको हो । 

यस्तै जिल्ला समन्वय अधिकारी राजेश गिरीको संयोजकत्वमा तीन सदस्यीय सचिवालयसमेत गठन गरेर सञ्चालनमा ल्याइएको छ ।  सरोकार निकायको बैठकले कोरोनाको जाँच तथा रोकथामका क्रममा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्रीलगायत जुटाउन सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

विश्वभरका भक्तजन तथा पर्यटकको भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीसमेत रहेको जिल्लामा बिहान र बेलुका दुई घण्टा मात्र मन्दिर खुला राख्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।  प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य