२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

२०७६, १२ चैत्र बुधबार ०४:४६

चैत १२, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो । 

यसअघि माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा निर्माण गर्ने भनिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्षले अवरोध गरेपछि कभर्ड हल सारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो । “हामीले आफ्नै कभर्ड हलमा निर्माण गर्ने भनेका थियौँ”, उहाँले भन्नुभयो, “उहाँहरुकै अनुरोधमा बोर्डिङमा निर्माण गर्ने निर्णय गरिएको थियो, अन्तिम चरणमा आएर व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले नै अवरोध गर्नुभएपछि पुनः कभर्ड हल सारिएको हो ।” 

जिल्ला समन्वय समिति खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । करीब दुई घण्टाको अवधिमा क्वारेन्टाइन निर्माण गरिएसँगै जिल्लामा सञ्चालित सबै एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । 

यसअघि जिल्लाको एक मात्र सरकारी अस्पताल दिक्तेल बजारमा तीन शय्याको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) स्थापना गरिसकिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्ड कम क्षमताको भएपछि कभर्ड हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समिति खोटाङका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

कोभिड १९ को जोखिम न्यूनीकरण गर्न जिल्ला समन्वय समिति प्रमुख चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समितिसमेत गठन गरिएको छ । जिल्लाका दशै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको हो । 

यस्तै जिल्ला समन्वय अधिकारी राजेश गिरीको संयोजकत्वमा तीन सदस्यीय सचिवालयसमेत गठन गरेर सञ्चालनमा ल्याइएको छ ।  सरोकार निकायको बैठकले कोरोनाको जाँच तथा रोकथामका क्रममा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्रीलगायत जुटाउन सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

विश्वभरका भक्तजन तथा पर्यटकको भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीसमेत रहेको जिल्लामा बिहान र बेलुका दुई घण्टा मात्र मन्दिर खुला राख्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।  प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?