2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना आशंकामा ७०० परीक्षण, कोरोना सङ्क्रमण भेटिएन

चैत ३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । 

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका ७०० भन्दा बढीको परीक्षण गर्दा कुनै पनि सङ्क्रमण फेला नपरेको बताउनुभयो । यसअघि नेपालमा तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एक जनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको छ । 

विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भन्नुभयो, “विदेशबाट फर्किका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।” उहाँले यदि त्यस्तो आशङ्का भएमा आइशोलेसनमा बसेर तीन/चार दिन हेर्दै गएर लक्षण बढ्दै गएमा अस्पतालमा नमूना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पार्नुभयो ।

सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रुपमा सञ्चालन गर्न तोकिएको र सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई रु १० लाख रकम उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले धेरै डराइकन विश्व स्वास्थ्य सङ्गठनले छ फिट टाढा बस्ने, साबुन पानीले बेलाबेलामा हात धोइरहने, सकेसम्म घरमै बस्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक