2026-10-15 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सहरबाट गाउँ गएकाहरुले मानेनन् लकडाउन’

अनिल अधिकारी | चैत १५, काठमाडौँ | धादिङको ज्वालामुखि गाउँपालिकाका बिभिन्न वडाहरुमा लकडाउन अवज्ञा भएको गुनाशो आएका छन् । यस विषयलाई स्थानीय जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् । 

‘केहि व्यक्तिहरु गाउँमा कोरोना नआएको भन्दै ढुक्कले बाहिर निस्किएका छन्, हामीले भीड-भाड गरेको भेटेसम्म त्यसरी भीडभाड नगर्न भन्दै चेतावनी दिएका छौं । गाउँपालिकाले यस सम्बन्धमा केहि कडा कारवाहीको नीति लिनु आवश्यक देखिएको छ’ एक जनप्रतिनिधिले भने । सरकारले देशभर पाँच दिनदेखि अत्यावश्यक काममा बाहेक अन्य समय घरबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्थामा बिना काम जमघट गरेको, लुकीछिपी जम्मा भएर तास खेलेको लगायतका गुनाशोहरु आएका छन् ।

त्यस्तै भारत लगायत तेश्रो मुलुकबाट आएकाहरुले स्थानीय तहको निर्देशन समेत नमानेको भन्ने गुनाशो छ । विदेशबाट आएकाहरु कम्तिमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेमा खुलमखूला हिडीरहेको बताइएको छ । 

कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न प्रहरीले कडाइ नगरेको र प्रहरी तथा जनप्रतिनिधिहरुले समेत सम्झाई बुझाई छाडेको हुनाले अबज्ञा भएको बुझिएको छ । लकडाउन घोषणाको पाँचौं दिन पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि कडाई आवश्यक रहेको स्थानीय जनप्रतिनिधिहरुको धारणा छ । लकडाउनको अबज्ञा मुख्यत: सहरबाट गाउँ आएकाहरुबाटै भएको एक जनप्रतिनिधिले बताए । लुकिछिपि तास खेल्ने, क्यारिमवोर्ड खेल्ने जस्ता क्रियाकलाप भएका छन् । घरमै बसेर लकडाउनको निर्देशन पालना गर्न, अनावश्यक भीड-भाड नगर्न आग्रह गरिएको गाउँपालिकाले बताएको छ । 

कतिपय युवाहरुले लकडाउन गर्न पर्नुको कारण नबुझेको कारण लकडाउनको अवज्ञा गरेको भएपनि कतिपय जान्ने-बुझ्नेले समेत गाउँमा कोरोना संक्रमण भएको छैन भन्दै अबज्ञा गरेका छन् । व्यक्ति-व्यक्तिबीच दुरी नबनाउदा र सावधानी नअपनाएको खण्डमा एक जना कोरोना संक्रमितले सिंगो गाउँ र देशनै भाइरस संक्रमणको जोखिममा पर्ने बिज्ञहरुले बताईरहँदा कोहि संक्रमित छैनन् भन्दै लकडाउनको अबज्ञा भएको छ ।

गत चैत १० गते ज्वालामुखी गाउँपालिकाले कोरोना भाइरसबाट बच्नको लागि बिभिन्न निर्णयहरु गरिसकेको छ । जसमा केन्द्रिय सरकार र जिल्लाबाट भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । त्यसो त बिभिन्न समिति निर्माण गरि त्यसको व्यावस्थापनको लागि जिम्मेवारी समेत तोकिएको छ । पालिकाले यस सम्बन्धमा बिभिन्न १९ निर्णय गर्दै गाउँपालिकामा कोरोना नियन्त्रणको प्रयास गरेको छ तर कोरोना भाइरस नियन्त्रणको सबैभन्दा प्रभावकारी कदम मानिएको ‘लकडाउन’ अवज्ञा हुँदा त्यसमा कडाई नहुने हो भने कोरोना विरुद्धको अभियान असफल हुने देखिएको छ । 

हेर्नुहोस् चैत १० गते भएका निर्णयहरु:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने