४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आइसोलेसन वार्ड स्थापनामा जुटे १२ स्थानीय तह

१६ चैत्र २०७६, आईतवार ०२:५९

चैत १६, सिन्धुपाल्चोक | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लाका राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रमुख तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “नपुग रकम वाग्मती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ ।”

कोषमा स्थानीय तहले बजेट जम्मा गर्नेछन् । बजेट परिचालनसम्बन्धी कार्यविधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ ।

यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगरप्रमुख डम्बर अर्याललाई दिइएको छ । चौतारामा बन्ने आइसोलसनको नेतृत्व सोही नगरका प्रमुख अमानसिंह तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ । बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । बैठकले एकद्वार नीतिद्वारा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । बैठकले सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई दुई कक्षमा विभाजन गर्ने र अपुग भएको खण्डमा सिङ्गल क्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ