२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आइसोलेसन वार्ड स्थापनामा जुटे १२ स्थानीय तह

२०७६, १६ चैत्र आईतवार ०२:५९

चैत १६, सिन्धुपाल्चोक | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लाका राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रमुख तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “नपुग रकम वाग्मती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ ।”

कोषमा स्थानीय तहले बजेट जम्मा गर्नेछन् । बजेट परिचालनसम्बन्धी कार्यविधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ ।

यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगरप्रमुख डम्बर अर्याललाई दिइएको छ । चौतारामा बन्ने आइसोलसनको नेतृत्व सोही नगरका प्रमुख अमानसिंह तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ । बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । बैठकले एकद्वार नीतिद्वारा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । बैठकले सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई दुई कक्षमा विभाजन गर्ने र अपुग भएको खण्डमा सिङ्गल क्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने