२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कोरोनाको सामना गर्न पर्वतका सबै पालिका एकजुट

१६ चैत्र २०७६, आईतवार ०३:२२

चैत १६, पर्बत | पर्वतका सातवटै स्थानीय तहले कोरोनाको सामना  गर्न साझा रणनीति तयार गर्न सहमत भएका छन् भने सङ्क्रमणको आशङ्का गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई नै साझा आइसोलेसन बनाउने सहमतिसमेत गरेका छन् ।

पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरीको संयोजनमा शनिबार सम्पन्न बैठकले सबै पालिकाले एकीकृत सम्भावित जोखिमको सामना गर्ने निर्णय गरेका हुन् । बैठकमा सहभागीले जिल्लामा सबै ठाउँमा आइसोलेसन बनाउन सम्भव नभएका कारण पर्वत कोरोना अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याउने र आवश्यक खर्चको व्यवस्थापन गर्ने सहमति गरेका छन् । “माहामारीलाई साझा हिसाबले सामना गर्न सबै पालिका एक ठाउँमा आउने काम भएको छ”, सांसद गिरीले भन्नुभयो, “पालिकाहरुले आन्तरिकरूपमा गर्ने तयारीलाई आफैँ गर्ने र जिल्लास्तरमा साझा रणनीति अपनाएर जाने सहमतिले सबै नागरिकलाई सुरक्षित गर्न महत्वपूर्ण कदम हुनेछ ।” 

बैठकमा सांसद गिरीसहित जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), पैंयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, मोदी गाउँपालिका उपाध्यक्ष सेती महत, बिहादी गाउँपालिका उपाध्यक्ष डम्बरकुमारी गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनी तथा  सामाजिक विकास समितिका संयोजक शिव पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सबै सुरक्षा निकायका प्रमुख सहभागी हुनुभएको थियो । बैठकमा महाशिला गाउँपालिकाको भने सहभागिता थिएन ।

गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबारदेखि औपचारिकरूपमा सञ्चालनमा आइसकेको छ भने पर्वतको बिहादी र बागलुङका एकसहित दुई जनालाई आइसोलेसनमा राखेर परीक्षण गरिररहेको छ । उक्त अस्पताल तयार पार्दा र सञ्चालनमा लागेको खर्च सबै पालिकाले व्यहोर्ने निर्णय भएको छ । हरेक हप्ता खर्चको विवरण पर्वत अस्पतालले पेश गर्ने र सबै पालिकाहरुले उक्त खर्च संयुक्तरूपमा व्यर्होने निर्णय भएको छ ।

विदेशबाट फर्केका सबै क्वारेन्टाइनमा 

उक्त बैठकले सबै पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गर्दै चैत १ गतेपछि विदेशबाट घर फर्केका सबै नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा नै राख्ने निर्णय गरेको छ । अहिलेसम्म होम क्वारेन्टाइनमा राख्ने निर्णय भए पनि परिवारका सदस्यसमेत जोखिममा पर्ने र त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले परिवारसँग समेत भौतिक सम्पर्कमा नराखी सिधैँ क्वारेन्टाइनमा जान अपिल गरेको हो । विदेशबाट फर्केका सबै व्यक्तिमा कोरोनाको सङ्क्रमण नभए पनि परीक्षण गर्नका लागि त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनसम्म पु¥याउन वडाध्यक्ष तथा सदस्य र  टोल समितिलाई सक्रिय बनाउने सहमति पनि भएको छ । 

बैठकमा फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले विदेशबाट फर्केका व्यक्तिलाई परिवारको समेत सम्पर्कमा नराखी साविक गाविसका वडामा रहेका विद्यालयमा राख्ने व्यवस्था गर्दा क्वारेन्टाइन प्रभावकारी बन्ने प्रस्ताव गर्नुभएको थियो । विदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा बस्न अनिच्छुक देखिएको र परिवारले समेत लुकाउने अवस्था आएका कारण पालिकाले नै बनाएको क्वारेन्टाइनमा राख्न आवश्यक भएको निष्कर्ष निस्केको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान