2026-07-25 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

चैत १९,  (रासस,एपी)  । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ –आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए ।

कतिपय बृद्धबृद्धा छन् त कति स–साना केटाकेटी । केही मात्र त्यो समूहमा युवायुवती छन् । महिला र पुरुष बराबारी छन् । उनीहरु त्यो मरुभूमिको बाटोमा हिँडीरहेका छन् ।

कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् । अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन् ।

भारतका ठूला शहरहरुमा कामगर्ने मजदुर आप्रवाशीहरु ती शहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन् ।

शहरमा मजदुरी काम गर्दै आएका उनीहरु शहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामबिहीन बनेका उनीहरु सयौँ माइल हिँडेर गाउँघरमा फर्किदैछन्।

उनीहरु आफै पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन् । उनीहरुले शहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन् ।

भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् ।

विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ ।

यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेको छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ ।

यसरी शहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्तो मजदुर बर्गमा ठूलो समस्या ल्याउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक