२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम

२०७६, २५ चैत्र मंगलवार ०३:२३

राजेन्द्रप्रसाद पनेरु | चैत २५, कंचनपुर | कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लिइएको छ । सशस्त्र प्रहरी बल ३५ गण झलारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाली सेना, वेदकोट नगरपालिका र स्वाथ्यकर्मीलगायतको प्रयासले कञ्चनपुरमा देखिएको कोरोनाको चेन पत्ता लगाई आवश्यक कदम चालिएको उहाँले बताउनुभयो ।

देश पूरै लकडाउन र सम्पूर्ण सीमानाका बन्द रहेको अवस्थामा यही चैत १४ गते दिनको १२ बजे ११ व्यक्ति भीमदत्त नगरपालिकाको विकट खल्ला मसेट्टी क्षेत्रमा ज्यानको बाजी थापेर ट्युबमार्फत महाकाली नदी तरेर नेपाल प्रवेश गरे । सीमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोष्ट) ब्रह्मदेवका पाँच जनाको टोलीले ट्युबमार्फत महाकाली तर्ने ११ जनालाई ठाउँको ठाउँ  नियन्त्रणमा लियो । ट्युबमा तार्ने दुई जनाको संलग्नता रहेको पाइयो ।

“नियन्त्रणमा लिइएकालाई व्यक्तिगत विवरण भर्न र स्वास्थ्य जाँच गर्न दिनको ४ बजे गड्डाचौकी ल्याइयो”, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो, “गड्डाचौकीमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नेदेखि क्वारेन्टाइनको व्यवस्था गर्ने काम भयो । सोही दिनको रात ९ बजेर ३० मिनेट जाँदा उनीहरुलाई वेदकोट, सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा पु¥याइयो ।”

नियन्त्रणमा रहेकाहरुलाई क्वारेन्टाइनसम्म ओसार्न सशस्त्र प्रहरी राजश्व गुल्म, गड्डाचौकीका थप नौ सशस्त्र प्रहरी, यातायात सेवा दिने तीन (सवारी धनी, चालक र सहचालक) को सहयोग रहेको थियो ।  नियन्त्रणमा लिइएकामध्ये एक जनाको पोजेटिभ रहेको पुष्टि भएसँगै उनलाई कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ । नियन्त्रणमा लिइएका १० जनाको रिपोर्ट नेगेटिभ रहेको र उनीहरु वेदकोटको क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका अन्य १७ सशस्त्र प्रहरी र सवारी चालकलगायतको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा चैत २० गते वेदकोट–९ सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखिएका ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा चैत २२ गते रिपोर्ट आएको थियो । कञ्चनपुरका कोरोना सङ्क्रमित व्यक्तिलाई महाकाली नदीमा ट्युबमार्फत तार्न सहयोग गर्ने दुई जनालाई क्वारेन्टाइमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका दुवै जनाको स्वाब परीक्षणका लागि तयारी भइरहेको छ ।

सीमावर्ती भारतीय बजारमा २३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपालीहरु बस्न बाध्य भएका छन् । भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार नौ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी पाँच हजार ४२२ भित्रिएका छन् । भारत, कतार, मलेशिया, युएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन् । भारतबाट भित्रिनेको सङ्ख्या बढी रहेको छ ।

विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन श्यया ४०६ रहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २१० रहेको छ । आइसोलेटेड श्ययाको सङ्ख्या १९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन् । पिपीइ (स्वास्थ्य सुरक्षा उपकरण)को सङ्ख्या १७१ रहेको छ । हालसम्म तीन स्थानीय तहले सरकारको मापदण्डानुसार ४२० परिवारलाई राहत वितरण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी