2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक

चैत २८, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ । 

मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा कोरोनाविरुद्धको लडाइँमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको जनाउनुभयो । “कोरोना प्रतिकार्य विश्वव्यापी साझा मुद्दा हो र यसमा नागरिकदेखि सबै क्षेत्र, तह तप्काको उत्तिकै दायित्व छ”, उहाँले भन्नुभयो, “त्यसैले यसको प्रतिकार्य तथा रोकथामका लागि सरकार, जनप्रतिनिधि र राजनीतिक दलको एकीकृत कार्यदल गठन हुन आवश्यक छ ।”

उहाँले जिल्लामा समन्वय समितिको प्रमुख र नगर तथा गाउँपालिकामा प्रमुख÷अध्यक्षको संयोजकत्वमा संयन्त्र निर्माण गरी आपसी समन्वय र सहकार्यबाट कर्णालीलाई कोरोनाबाट सुरक्षित राख्ने योजना प्रभावकारी बनाउन दलसँगको बैठक बोलाइएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभाव हुन नदिन शुरुमा कर्णाली प्रदेशले लकडाउन शुरु गरेको बताउँदै हाल अलपत्र परेका, मजदूर र वृद्धको राहत तथा उद्धार कसरी गर्ने भन्नेमा सरकार केन्द्रित रहेको जनाउनुभयो ।

बैठकमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवं पूर्वसहकारीमन्त्री हृदयराम थानीले कोरोना प्रतिकार्य तथा रोकथाममा कर्णाली सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभयो । “यो लडाइँमा हामी पनि छौँ”, पूर्वमन्त्री थानीले भन्नुभयो, “सरकारले सहयोग मागे नेपाली काँग्रेस फिल्डमै आउन तयार छ ।” उहाँले सिमानामा रहेका कर्णालीका नागरिकलाई सकेसम्म कर्णालीमै पु¥याएर व्यवस्थापन तथा जुम्ला, सुर्खेत र चौरजहारीमा कोरोना परीक्षणको उपयुक्त ल्याब स्थापना गर्न सुझाउनुभयो । 

सर्वदलीय बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले विषयगत मन्त्रालय तथा कार्यकारी समितिले हालसम्म कोरोना प्रतिकार्य तथा रोकथाममा गरेका कामबारे जानकारी दिनुभएको थियो ।  

बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सचिव एवं राष्ट्रियसभा सदस्य मार्याप्रसाद आचार्य, नेकपा कर्णालीका सचेतक एवं प्रदेशसभा सदस्य सीता नेपाली, सुर्खेत जिल्ला इञ्चार्ज नरबहादुर विष्ट, नेपाली काँगे्रसका जिल्ला सभापति कमलराज रेग्मी, राप्रपाका कर्णाली प्रदेश उपप्रमुख सूर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना, नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डे, सचिव लक्ष्मीकुमारी बस्नेतसहितको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु