2026-07-24 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित

चैत २९,  (रासस/एएनआई) : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । 

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । 

गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्र्किएका छन् । 

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । 

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् । 

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ । 

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शनिबार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्र्किएका छन् । यस राज्यमामात्र गएको २४ घन्टायता १३ जनाको ज्यान गएको छ । 

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी राजस्थान, तलंगना र छत्तीसगढमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक