2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ को स्वाब सङ्कलन

चैत २९, डोटी । सुदूरपश्चिम प्रदेशका  ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । 

सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०, कैलालीमा ३७१, कञ्चनपुरमा १५८, डडेल्धुरामा १९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । यहाँका अन्य तीन जिल्ला बझाङ, दार्चुला र बाजुरामा भने स्वाब सङ्कलन गर्न बाँकी रहेको बताइएको छ । 

त्यसैगरी डोटीका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोभिड–१९ ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) जाँचमा सबैको नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका स्वाब सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२  महिला गरी २१३ मा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी चार वटा गाउँपालिकामा आरडिटी गरिएको हो । तीमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र दुई महिला गरी २५ जना, बडिकेदार गाउँपालिकामा ६२ पुरुष र एक महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र पाँच महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आजदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिनुभयो ।  यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग तथ्याङ्क माग्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिमकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेष्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले ¥यापिड टेष्ट किटमार्फत उक्त टेष्ट गरेको थियो ।

 कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै ¥यापिड टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । ¥यापिड टेष्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा कन्फर्म गरेर मात्रै नतिजा सार्वजनिक गरिने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुर, प्रादेशिक प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र नेपाली सेनाको टोलीले तीव्र रुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्लाअनुसारको तथ्याङ्क आइनसकेको बताइएको छ । “स्वाब सङ्कलन गरिएकाहरुको एकीकृत तथ्याङ्क आउन केही समय लाग्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन्, तथ्याङ्क आउन समय लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन