कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १३ पुग्यो

साझासवाल

वैशाख १, धनगढी । कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ। यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो । उनि १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् ।

भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् ।

Leave a Comment

Leave a Reply