२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनमा सवारी साधन चलाउन अनलाइनबाटै अनुमति पाइन्छ, कसरी लिने ई–पास ?

२०७७, २ बैशाख मंगलवार १५:४३

वैशाख २, काठमाडौं । लकडाउनको समयमा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनलाइनबाटै अनुमति (ई-पास) दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले लकडाउन आह्वान गरेलगत्तै बिभिन्न जिल्लाका प्रशासन कार्यालयमा पास लिनेहरुको भीड लाग्ने गरेको छ । जसको कारणले झनै जोखिम बढेको छ । जसलाई जोखिममुक्त बनाउनको लागि अनलाइनबाटै पास दिन लागिएको हो । 

लकडाउनको समयावाधिभर अत्यावश्यक कसैलाई सवारी पास चाहिएमा अनलाइनबाट आवेदन सक्छन् । यस्तो पास लिनको लागि आवेदकले मोबाइलको म्यासेज बक्समा गई १११२ मा एसएमएस गर्नुपर्नेछ । सहायक प्रजिअ पौडेलका अनुसार, एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।

पास लिनका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय हुनेछ । प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको भन्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन समेत सबैमा आग्रह गरेको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना