अनिल अधिकारी | वैशाख ४, काठमाडौँ | चितवनमा मुजदुरी गर्दै आएका एक युवाको आफ्नै गाउँ नजिकैको बुंकोटघाटपुलबाट खसेर मृत्यु भएको छ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्वर ५ स्थित बाझाघर स्थाई घर भएका होम बहादुर राना मगरको बुधबार राति पुलबाट खसेर मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद काप्रीका अनुसार मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए । मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुन: खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो ।

मृतक राना लकडाउन अघि परिवारसहित चितवनमा बस्दै आएका थिए । लकडाउन अघिनै उनको परिवार गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउनको कारण स्थानीयले आवतजावतमा कडाई गर्दै पुलमा छेकबार गरेका छन् । बुधबार राति उक्त छेकबार पार गरेर केहि वर आएपछि नदि किनारमा खसेको वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले जानकारी दिएका छन् । उनले भने – 'छेकबार लगाइएको ठाउँबाट खसेका होइनन् । त्यहाँबाट खस्दा नदीले बगाउथ्यो, केहि वर आएपछि खसेका हुन् । परिवारका सदस्यलाई समेत पुलसम्म लिन आउन भनि फोनमार्फत खबर गरेका कारण उनि पुलको छेउमा आई बसेको अवस्थामा निदाएर वा झुक्किएर खसेको हुन सक्छन् ।'

बिहिबार बिहान पुलबाट खसेको व्यक्ति समेत सोहि छेकबार नाघ्ने क्रममा खसेको आरोप लगाइएको थियो । तर त्यहाँबाट खस्दा सिधै नदीमा खस्ने घटनाको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पुल तथा सडकमा छेकबार नलगाउन भन्दै बिरोध

जारी लकडाउनमा पुलबाट मानिसहरु वारपार गर्न सक्ने तथा कोरोना नियन्त्रणमा गरिएका प्रयासहरु विफल हुनसक्ने भन्दै बुंकोटघाट पुलमा स्थानीयले छेकबार गरेका छन् । साथै सडकमा समेत रुख ढालेर सवारी आवातजावतमा अवरोध खडा गराइएको छ । यस विषयमा बिभिन्न टिप्पणीहरु गरिएका छन् ।

रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै बिरोध गरिएको हो । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ ।

माथिको तश्वीर: ज्वालामुखि ५ स्थित सडकमा स्थानीयले सडक छेक्न ढालेको रुख पार गर्ने क्रममा लकडाउन पालना गर्न भन्दै माइकिङ गर्दै हिडेको एक टोली । तश्वीर: फेसबुकबाट

लकडाउन प्रभाव: एक युवाको बुङ्गकोटघाट पुलबाट खसेर मृत्यु
Leave a Comment