२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनबाट स्वास्थ्य सामग्री लिएर आए दुई वाइडबडी, एउटा प्लेन धावनमार्ग टेक्नै लाग्दा ओभरसुट

२०७७, ५ बैशाख शुक्रबार ०३:०९

वैशाख ५, काठमाडौँ | चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । एउटा जहाज सजिलै अवतरण गरे पनि अर्को एउटा जहाजले भने धावनमार्गमा टेक्नै लाग्दा ओभरसुट गरेको थियो । 

बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।


ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् । 

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उडान नम्बर ४१७२ जहाजले ओभरसुट गरेको थियो । ‘पाइलट सायद केही कन्फ्युज भए होलान् त्यसैलै ओभरसुट गराए’ ती अधिकारीले भने ।

ओभरसुट गरिएको जहाज केहीबेर आकाशमा फन्को मारेर फेरि अवतरण गरेको थियो । हवाई उडानमा ओभरसुट सामान्य मानिन्छ । सामान्यतया कम भिजिबिलिटी वा अन्य द्विविधाका कारण पाइलटले ओभरसुट गराउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना