2026-10-15 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङका दुई र हेटौडाका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

वैशाख ५, काठमाडौँ | र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवा सहित छ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको काठमाडौँ र हेटौंडामा  पीसीआर रिपोर्ट पारीक्षण गर्दा नेगेटिभ आएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका एक युवा र ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका अर्का एक युवाको जिल्लामा आरडीटी गर्दा रिर्पोट पोजेटिभ भेटिएको थियो । दुवै जनाको स्वाब टेकु स्थित राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा नेगेटिभ आएको छ ।

ज्वालामुखी गाउँपालिकाका युवालाई र्यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएपछि एम्बुलेन्सले बोक्न समेत नमानेको थियो । कोरियाबाट ४२ दिन अघि फर्किएका युवामा कोरोना पोजेटिभ देखिएको थियो । जसको कारण सिङ्गो गाउँपालिका अलर्ट गरिएको थियो । त्रिपुरासुन्दरीका युवालाई भने जिल्ला अस्पतालको एम्बुलेन्स गएर गाउँबाट ल्याएको थियो । 

त्यस्तै हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो। उनीहरुहरुलाई आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने