२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा पैसा फाल्ने महिलाहरुमा कोरोना आरडीटि पोजिटिभ, थुकेर फालेका थिए !

२०७७, ६ बैशाख शनिबार १४:३२

वैशाख ६, धनुषा | जनकपुरधाममा जथाभावी पैसा फालेर भागेका दुई महिलाको कोरोना आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा ति महिलाहरुको कोरोना आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो । 

उनीहरुमा कोरोना संक्रमण रहे/नरहेको बिषयमा थप परीक्षण पिसीआर परीक्षणबाट थाहा हुनेछ । उनीहरुको स्वाव लिई पिसिआर परीक्षणको क्रममा छ । 

शुक्रबार जनकपुरधामको महावीर चौकस्थित एक सडकमा उनीहरुले १०, ५ र २० को नोट जथाभावी फालेर फरार भएका थिए । सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको बताइएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएलगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गरेको थियो । प्रहरीले पैसा फालिएको ठाउँमा सेनिटाइज समेत गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटीभी फुटेज हेरेर शुक्रबार जनकपुरमा खोजि गरेको थियो । यसै क्रममा शनिबार दिउँसो दुवै जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का स्थानीय हुन् । उनीहरु नाताले नन्द र भाउजू हुन् । 

हाल दुवै महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना