२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज थप एक जनामा कोरोना संक्रमण, संक्रमितको शंख्या ३१ पुग्यो

२०७७, ६ बैशाख शनिबार १४:४७

वैशाख ६, काठमाडौं । नेपालमा कोरोना संक्रमितको शंख्या ३१ पुगेको छ । स्वस्थ्य तथा जनशंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ला संक्रमित व्यक्ति ६५ बर्षीय पुरुष हुन् । 

शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका थिए । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई जना गरि १४ जनामा पिसिआर टेस्टमै कोरोना संक्रमण भेटिएको हो । 

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा मस्जिदमा लुकेर बसेका भारतीय हुन् भने दुई जना चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । 


यसैविच स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड-१९ को सन्दर्भमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको जानकारी गराएको छ । मन्त्रालयले पत्रपत्रिका र सामाजिक संजालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनको विषयमा स्पष्टीकरण दिएको छ 

मन्त्रालयले भनेको छ 'केहि पत्र-पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ कोभिड-१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ l यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ l' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना