२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने

२०७७, ८ बैशाख सोमबार ०६:२८

वैशाख ८, काठमाडौँ | ‘लकडाउन’का कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ । 

नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौँमा रहेका जो कोहीलाई पनि खान र बस्नेको व्यवस्था गरिनेछ । 

उहाँले भन्नुभयो, “तपाईहरु जहाँ हुनुहुन्छ, त्यही रहनुस् । खान, बस्नको समस्याले कोही कसैले पनि काठमाडौँ छाड्नु पर्दैन ।” नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरुको सम्पर्कमा जानसमेत आग्रह गरेको छ । समस्यामा परेकाले  आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ ।

यस्तै केन्द्रीय सदस्य सावित्रा भुसाल, रामेश्वर फुयाँल, सुरेन्द्र मानन्धर, नारायण सिलवाल , वसन्त मानन्धर, अञ्जना विसङ्खे, मुक्ति प्रधान, कुमार पौडेल, पार्वती थापा र दिलीप महर्जनलाई सम्पर्क गर्न आग्रह गरेको छ । 

नेकपाले सामाजिक दूरी कायम गर्दै लकडाउनलाई पूर्ण पालना गर्न, कुनै अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्तै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको सो पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना