2026-10-16 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ । 

नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त हुने क्रममा छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये ७ जना निको भई डिस्चार्ज भएका छन् भने नेपालमा कोरोनाबाट कसैको ज्यान गएको छैन । तर विदेशमा रहेका केहि नेपालीहरुले भने प्रवासमै ज्यान गुमाएका छन् । केहि दिन अघिको रेकर्ड अनुसार विदेशमा ज्यान गुमाउने नेपालीको शंख्या २८ पुगेको थियो । 

नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमणको केस प्रदेश १ मा देखिएको छ । जहाँ २७ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश १ को उदयपुर जिल्लामा मात्र २७ संक्रमित छन् । 

त्यसपछि बागमती प्रदेशमा ७ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना, प्रदेश २ मा ४ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्ला अनुसार उदयपुरमा २७ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बागलुङमा २ जना, चितवनमा २ जना, कंचनपुरमा १ र रौतहटमा १ जना कोरोना संक्रमित छन् । 

नेपालमा कोरोना संक्रमणको अवस्थालाई लिंगको आधारमा हेर्दा कुल ४५ जना कोरोना संक्रमित भएकोमा ८ जना महिला रहेका छन् भने ३७ जना पुरुष रहेका छन् । जस मध्ये २ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण भई निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु