२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुःख पाएका नागरिकलाई घर फर्काइँदै

२०७७, १७ बैशाख बुधबार ०३:४६

वैशाख १७, सिन्धुपाल्चोक | लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै सङ्केत नदेखिएपछि खान र बस्न सङ्कटमा परेका उनीहरूलाई गृह जिल्ला फर्काउन पहल गरिएको हो । 

आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार लामो समयको लकडाउनका कारण अन्य जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपनबासीको लगत सङ्कलन भइरहेको छ । जुन ठाउँमा रहेका छन् सकेसम्म उक्त ठाउँमै राहतको व्यवस्था मिलाउन आवश्यक छलफल भइरहेको समेत नगरप्रमुख राईले जानकारी दिनुभयो । 

सङ्खुवासभाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौँमा बस्दै आएका नागरिकहरुले जनजीवन दिनप्रतिदिन कष्टकर बनेको भन्दै आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका छन् । सम्बन्धित निकायसँगको समन्वयमा पूर्ण सचेतनाका साथ उनीहरुलाई घर फर्काउन पहल शुरु गरिएको काँग्रेस नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी नागरिकलाई तीन दिन अघि गाडी रिजर्भ गरेर राज्यमन्त्रीकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएकोसमेत नगरप्रमुख राईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने