२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका १० नाकामा सुरक्षाचौकी

२०७७, २० बैशाख शनिबार ०७:१६

वैशाख २०, दाङ | दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको  प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । ‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उहाँले भन्नुभयो । 

मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो । यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताउनुभयो । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।  

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उहाँले भन्नुभयो । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने  अपेक्षा गरिएको छ ।   अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ । जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ