Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा कोरोना सङ्क्रमित बालिका खजुरा अस्पतालमा

२०७७, ३० बैशाख मंगलवार १४:१८

वैशाख ३०, राँझा | बर्दियाको राजापुर नगरपालिकामा आज कोरोना सङ्क्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उहाँले बताउनुभयो । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

९६ स्वाबको रिपोर्ट नेगेटिभ

नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा मङ्गलबार ९६ जनाको कोरोना परीक्षण रिपाोर्ट नेगेटिभ आएको छ । सोमबार नेपाल–भारत सीमावर्ती क्षेत्र जयसपुरबाट सङ्कलित ८२ र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्कलित १४ स्वाबको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

शनिबार टाँगा स्टेशन क्षेत्रबाट सङ्कलित १६२ स्वाबको रिपोर्ट भने अझै आएको छैन । ती १६२ स्वाबको काठमाडौँमा परीक्षण भइरहेको छ । आज पनि थप पाँच जनामा स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा हालसम्म २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबैको खजुरास्थित कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।

 लुकिछिपी भित्रिनेबाट थप जोखिम 

बाँकेमा भारतबाट लुकिछिपी नेपाल भित्रिनेबाट कोरोना भाइरस सङ्क्रमणको थप जोखिम बढेको छ ।  जमुनाहस्थित नेपाल–भारत मुख्य नाकामा आवतजावत ठप्प रहे पनि ग्रामीण नाकाबाट लुकिछिपी नेपाल छिर्ने क्रम दैनिक रुपमा चलिरहेको छ । आज मात्रै राप्तीपारिको कालाफाँटा र खडैचा नाकामा ५१  नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्नेक्रममा कालाफाँटामा २९ र खडैचामा २२ जनालाई रोकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । 

उहाँका अनुसार सङ्क्रमण रोकथामका लागि नेपाल र भारतमा बन्दाबन्दी जारी रहे पनि दैनिकजसो नेपाली सीमा नाकासम्म आउने गरेका छन् । कतिपयले सीमामा तैनाथ सुरक्षाकर्मीलाई समेत छलेर नेपाल प्रवेश गर्ने गरेका छन् ।  भारतीय प्रहरीले नेपालीलाई सहजै नाकासम्म आउन दिएका कारण दैनिक रुपमा नेपाली सीमामा आउने गरेका छन् । लकडाउन लम्बिँदै जाँदा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिसकेका नेपालीलाई भारतीय प्रहरीले छाडेको पाइएको छ ।

एक हप्ताअघि मात्र राप्तीपारि नरैनापुर क्षेत्रमा भारतबाट प्रवेश गरेका २१ नेपालीलाई दशगजा क्षेत्रमै अस्थायी एकान्तबास बनाएर राखिएको छ । आज नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमामा लुकिछिपी भइरहेको आवागमन रोक्नका लागि बाँकेमा सीमाक्षेत्रको अनुगमन तथा निगरानी शुरु भएको छ ।   सङ्क्रमण रोकथामका लागि मुख्य नाका जमुनाह ठप्प भए पनि ग्रामीण नाकाबाट अनधिकृत तरिकाले हुन सक्ने आवतजावत रोक्न सीमा क्षेत्रको अनुगमन तथा निगरानीमा कडाइ गरिएको प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो । बाँकेका २४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको  कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश