साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 


उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 


उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरप"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको बस तनहुँको जामुने गाबिसमा दुर्घटना हुदाँ ११ जना घाइते

५ श्रावण २०७३, बुधबार ०६:५५

साउन ५, तनहुँ । पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नंको बस तनहुँको जामुने गाबिस वडा नं ३ स्थित गुणादीमा आज बिहान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । 


उक्त दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय नारायणप्रसाद पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते पाण्डेलाई दमौलीमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ भने अन्यको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

तीव्रगतिमा गुडेका कारण घुम्ती सडकमा उक्त बस अनियन्त्रित भई पृथ्वीराजमार्ग सडकबाट करिब १५ मिटर तल गई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सहचालक पर्सा जिल्ला वैरियाविर्ता–७ का २० वर्षीय उपेन्द्रप्रसाद डोटेल, चालक शुक्लागण्डकी नगरपालिका–३ का ४० वर्षीय सुरजकुमार श्रेष्ठ, चितवनको भरतपुर नगरपालिका–१२ का २२ वर्षीय सुलभ विष्ट तथा कास्की जिल्ला रुपाकोट गाविस–१ तालबेँसीका ३३ वर्षीय गणेश गुरुङ रहेका छन् । 

त्यसैगरी, उक्त दुर्घटनामा कास्की लेखनाथ नगरपालिका–८ निवासी ६० वर्षीया जोखमाया गुरुङ, पोखरा उपमहानगरपालिका–७ का ४८ वर्षीय याम खड्का, सोही वडा निवासी १५ वर्षीया श्रीयङ्का खड्का, लेखनाथ नगरपालिका–१ का ४० वर्षीय सुनबहादुर गुरुङ र सोही वडा निवासी २५ वर्षीया सम्झना गुरुङ रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ