नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । 
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गएको आर्थिक वर्षमा ८८ प्रतिशत मुद्धा फर्छ्यौट

२०७३, ५ श्रावण बुधबार ०९:२६

नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । 

अदालतले थुनुवा ९२ दशमलब ३०, प्राथमिकता प्राप्त ७८ दशमलब ५७ र साना प्रकृतिका ८३ दशमल ६३ गरी औसतमा जम्मा ८८ प्रतिशत अर्थात ७२ मुद्धा फर्छ्यौट गरेको हो ।

आब ०७१/०७२ मा फर्छ्यौट हुन बाकिँ रहेका १५ र आब ०७२/०७३ मा दर्ता भएका ६७ गरी जम्मा रहेका ८२ मध्ये ७२ मुद्धा फर्छ्यौट भएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार राईभान कुन्जडाले बताउनुभयो । 

कुन्जडाका अनुसार आब ०७१/०७२ मा बाँकी रहेका सबै अर्थात १५ र आब ०७२/०७३ मा दर्ता भएका ६७ मध्ये ५७ मुद्धा फर्छ्यौट भईसकेका छन् । 

यो जिल्ला अदालत बैतडीले राखेको लक्ष भन्दा बढी हो । गएको आर्थिक वर्षमा जिल्ला अदालत बैतडीले ८२ प्रतिशत मुद्धा फर्छ्यौट गर्ने लक्ष राखेको थियो ।

बाँकी रहेका मुद्धामा थुनुवा १, प्राथमिकता प्राप्त ३, साना प्रकृतिका ६ गरी जम्मा १० फर्छ्यौट हुन बाँकी छन् । 

छुवाछुत, जातीय विभेद, बालबालीका सम्बन्धि, पचहत्तर वर्ष उमेर माथिका व्यक्ति पक्ष भएका र महीला बादी मुद्धाहरु प्राथमिकता प्राप्त मुद्धा भित्र पर्ने जिल्ला अदालत  बैतडीले जनाएको छ । 

फोटो : जिल्ला अदालत बैतडी को भवन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी