५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीयद्वारा बिओपीमा आक्रमण प्रयास

१८ जेष्ठ २०७७, आईतवार १२:३५

जेठ १८, सर्लाही | जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन् । जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाईफायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए । झण्डै ४० जनाको समूहमा आएका उनीहरुले बिओपीमा आक्रमणको प्रयाससहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी जनाएको छ । आज बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ