2026-06-20 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कहाँ-कहाँका ?

जेठ १९, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ६१० पुगेको छ । यो संख्या कर्णाली प्रदेशका दुई जिल्लाको आइतबार राति थप देखिएका ४३ संक्रमितलाई जोड्दा आएको कोरोना संक्रमितको संख्या हो । 

नयाँ संक्रमितहरुमा जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ । 

कर्णाली प्रदेशका नयाँ संक्रमित जुम्ला र दैलेखका ? 

प्राप्त पछिल्लो रिपोर्टहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण गरेपछि आएका नयाँ रिपोर्टहरु हुन् । 

जस अनुसार कर्णाली प्रदेशको दैलेखमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेख नारायणका ९ जना, सिम्दाका २ जना, देवलकाडाका ३ जना, सोतका १ जना, सादुका १ जना, जुकेपानीका १ जना, दुल्लुका ७ जना रहेका छन् ।

त्यस्तै जुम्लाका १९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । जसमा हिमाका ८ जना, सिंजाका ९ जना र जिल्ला प्रहरी कार्यालयका २ जनामा कोरोना संक्रमण देखिएको छ । 

यो रिपोर्ट आउनुअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५६७ जना कोरोना संक्रमित पुष्टि गरेको थियो । 

जस अनुसार आइतबार थपिएका संक्रमितहरुको विवरणहरु:

तनहुँ (रिसिङ) – १ जना

स्यांग्जा (गल्याङ) – २ जना

पर्सा (सुगौली) – ५ जना

कालिकोट (शुभकालिका, महई) – १८ जना 

दैलेख (दुल्लु, नारायण, सिम्दा, देवलकान, रातापानी, सादु)- १८

बाजुरा (जुजनाथ)- १ जना

सल्यान (कुपिन्डे)- २५ जना 

सुर्खेत (बराहताल) – १ जना

कपिलवस्तु (शिवराज) – १ जना

बाँके (नारिनापुर, खजुरा, नेपालगंज, बैजनाथ) – ८ जना

सप्तरी (राजगढ) – १२ जना 

कैलाली (भजिनी, जानकी, त्रिनगर) – ३ जना

बाजुरा – २ जना 

झापा (गौरीगंज) – ४ जना

मोरङ (विराटनगर) – १ जना

धनुषा (मुखियापट्टि) – २१ जना 

कपिलवस्तु (महाराजगंज ) – ४ जना 

रौतहट – २९ जना

सर्लाही – १० जना 

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम