राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजा"/>
२ माघ २०८२, बिहीबार
समाज

सिरहामा सामुदायिक संस्थालाई सहकारी बनाउन महिलाहरु सक्रिय

६ श्रावण २०७३, बिहीबार १०:०६

राम नारायण पंडित, साउन ६, सिरहा । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारको साझेदारीमा जागृति महिला उद्धार सामुदायीक संस्था स्थापना गरी बचत तथा ऋण सुरु गरेपछि महिलाहरुमा परिवर्तन आएको हो ।

सामुदायिक संस्थाबाट सस्तोमा व्याज लिएर विभिन्न आयआर्जनको काम गरेपछि अहिले हामीलाई निकै सहज भएको संस्थाका सदस्य अम्वरमाया गुरुंगले सुनाए । कोषमा रहेको रकम व्यवसायीक बाख्रा, गाई, भैसी, बंगुर पालनमा लगानी भएको संस्थाका अध्यक्ष चिना रानाले बताईन । व्यसायको आम्दानीले  घर चलाउने, छोराछोरी पढाउने काममा विशेष लगानी भएको अध्यक्ष रानाले बताए । ८ वर्ष अघि सम्म हजार रुपैयाँ आश्यक पर्दा पनि हामीलाई साहुकोमा जानुको विकल्प थिएन, तर आज अवस्था फेरिएको सदस्य ललिमाया रानाले बताइन् ।

संस्थामा आवध भईसकेपछि आफूहरुलाई निकै सहुलित भएको छ, हामीलाई चाहिएको वेला संस्थासँग माग गर्दा आवश्यक रकम पाउने गरेको रानाले सुनाईन् । दुई पटकमा घुम्ति कोषको लागि केन्द्रले पाँच लाख ३६ हजार छ सय ३५ रुपैयाँ संस्थालाई दिएपछि महिलाहरुले त्यसैलाई निरन्तर रुपमा संचालन गरी अहिले करिव १० लाख पुर्याएको छ । २०६५ सालमा स्थापना भएको संस्थालाई कोषको सहयोगमा २०६५ बैशाख १८ गते तीन लाख २१ हजार नौं सय ८१ रुपैयाँ र साउन २० गते दोश्रो पटक दुई लाख १४ हजार ६ सय ५४ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष जगमाया शुसलिङले बताए । संस्थाले कोषबाट संचालित घुम्ति कोषबाट मासिक सयकडाँ एक रुपैयाँ र बचतबाट मासिक २ रुपैयाँ सयकडा व्याजमा लगानी गर्ने गरेको सचिव एमकुमारी बलम्वाकीले जानकारी दिईन ।

उनले एक जना सदस्यलाई बढीमा ४० हजार रुपैया लगानी गरेको पनि बताए । कारोवार फराकीलो हुँदै गएकाले आफूहरुले संस्थालाई सहकारीमा बदल्न चाहेको संस्थाकी अध्यक्ष चिना रानाले जानकारी दिइन् । महिला उद्धार सेवाकेन्द्रका गरिवी निवारण कोषका संयोजक दिपेश कुमार सिंहले हामीले हेरीरहेको संस्थाहरु मध्येकै नमुना संस्था जागृति भएको बताए । यसलाई सहकारीमा दर्ता गराउन पनि पहल भईरहेको संयोजक सिंहले बताए । महिलाहरु आफैले देउसी भैलो खेलेर कार्यालयकोलागि दराज, कुर्सी, टेवल लगाएतका सामाग्री खरिद गरेका छन् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ