2026-07-25 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कहाँका छन् संक्रमित (हेर्नुहोस् विवरण)

जेठ २४, काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ३२३ सहित नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो ।

शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विरागटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । उनीहरु मोरङका २ जना १८ र २३ वर्षका पुरुष, सुनसरीका ४ जना २४ र ३५ वर्षकी महिला र ३८ र४५ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका ५० वर्षीय पुरुष हुन् । यस्तै भरतपुरको कोरोना विशेष अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु नवलपरासीका क्वारेन्टाइनमा रहेका १८ देखि २७ वर्ष सम्मका पुरुषहरु हुन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनाको पोजेटिभ आएको छ । उनीहरु बाँकेका १२ जना २३ र ४१ वर्षकी महिला र ४ वर्षका बालक देखि ३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै बर्दियाका २८ जना रहेका छन् । उनीहरु २५ वर्षकी एक महिला र १५ वर्षका किशोर देखि ६० वर्ष सम्माका पुरुषहरु रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको उनले बताए  । उनीहरुमध्ये कास्कीका ३ जना २३ देखि ५९ वर्षका रहेका छन् ।यस्तै स्याङ्जाका १० जना १६ देखि ५४ वर्षसम्मका, बाग्लुङका एकजना ३९ वर्षका पुरुष रहेका छन् ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सुनसरीका एक जना ३० वर्षका पुरुष, सप्तरीका ७ जना २ वर्षकी बालिका र २७ वर्षकी महिला र २ वर्षका बालकसहित ४० वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ आएको छ । उनीहरु बझाङका ६ जना ४० वर्षका २ जना महिला र २५ देखि ७० वर्ष सम्मका पुरुषहरु, कञ्चनपुरका एकजना ३८ वर्षका पुरुष, हाल कञ्चनपुरमा रहेका स्थायी ठेगाना काठमाडौं भएका २ जना १८ र ३८ वर्षका पुरुष, अछामकी ५२ वर्षकी महिला, कैलालीका २ जा ४१ र ५५ वर्षका पुरुष, डडेल्धुराकी २१ वर्षीया महिला रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४३ जना १८ महिने बालिका सहित ६० वर्ष सम्मका १० जना महिला र ५ महिनाको बालक सहित ४९ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।यस्तै डोल्पाका ५८ वर्षका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छि रोग अन्वेषण केन्द्रको प्रयोगशालमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४ जना १७ देखि २२ वर्ष सम्मका पुरुष, सुर्खेतका १० जना १७ देखि ५१ वर्ष सम्मका पुरुषहरु, जाजरकोटका ४ जना ३३ वर्षकी महिला र १९ देखि ५२ वर्ष सम्मका पुरुष, सल्यानका ३८ जना रहेका छन् । उनीहरु मध्ये एकजना २१ वर्षकी महिला र १४ वर्षका किशोर देखि ५७ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये अर्घाखाँचीका एकजना ५० वर्षका पुरुष, कपिलवस्तुका ११ जना १९ देखि ५० वर्षसम्मका पुरुष, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना १९ देखि३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय २० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये भक्तपुर कमलविनायकका एकजना ३१ वर्षकी महिला, धनुषामा क्वारेन्टाइनमा रहेका ८ जना व्यक्तिहरु १९ देखि ५४ वर्ष सम्मका पुरुषहरु, कपिलवस्तुको महाराजगञ्जमा रहेका ३९ जना ६ महिने बालिका देखि ५५ वर्ष उमेर सम्मका ७ जना महिला र ४ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाका ४ जना रहेका छन् । उनीहरु ३१ र ३५ वर्षकी २ जना महिला, ३६ र ४६ वर्षका दुई जना पुरुष रहेका छन् । यस्तै महोत्तरीका ३५ जना रहेका छन् । उनीहरु २२ वर्षकी एक महिला, ११ वर्षका एक बालक देखि ५२ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै रौतहटका ६ जना दुई महिला र ४ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीका २७ जना १६ देखि ३८ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइनमा एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।

मृतकको संख्या १३ पुग्यो

नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र  सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै मृतकको संख्या १३ पुगेको छ ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनको २१ जेठमा मृत्यु भएको थियो । त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक