2026-06-20 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज एकै दिन एक सयले जिते कोभिड–१९

जेठ २५, काठमाडौँ | नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताउनुभयो । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् । 

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

आज २१३ सङ्क्रमित थपिए

मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सङ्क्रमितको सङ्ख्या २१३ रहेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल सङ्क्रमित सङ्ख्या तीन हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

९६ हजारको पिसिआर परीक्षण 

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताउनुभयो । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन् । 

त्यस्तै विभिन्न अस्पतालका आइसोलेशनमा कूल दुई हजार ९६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् । क्वारेन्टिन व्यवस्थापन र अस्पतालको आइसोलेशन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताउनुभयो । 

यसै सन्दर्भमा मन्त्रालयले देशभरका सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन् र हुनुपर्ने सेवा किन भइरहेको छैन भनी अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले एक समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घ तथा निजी अस्पतालका छाता सङ्गठनको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्तामा गौतम

मन्त्रालयको प्रवक्ताको जिम्मा मन्त्रालयकै डा जागेश्वरप्रसाद गौतमले सम्हाल्नु हुने भएको छ । उहाँले सोमबारदेखि लाइभ प्रसारण गर्नुहुनेछ । डा गौतम यसअघि परोपकार तथा प्रसूतिगृहका कार्यकारी निर्देशक हुनुहुन्थ्यो । डा देवकोटाको गुणस्तर तथा नियन्त्रण महाशाखामा सरुवा भएको छ । प्रवक्ता डा देवकोटाले चैत ११ देखि ७६ दिन लाइभ अपडेटले अफूलाई धेरै कुरा सिकाएको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो जिम्मेवारी हेरफेर भए पनि लाइभ प्रसारण निरन्तर रहने र यसमा सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम