2026-07-24 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमित ४ हजार कटे, आज संक्रमित कहाँका कति ?

जेठ २७, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ८५ पुगेको जनाए । 

हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ जना रहेको छ । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या ९६ जना रहेको छ । जसमा महिला ८ जना रहेका छन् भने ८८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमा कोभिड १९ अस्पताल जनकपुरबाट ३० जना धनुषा जिल्लाका, कोभिड १९ युनीफाईड कमाण्ड अस्पताल बलम्बुबाट काठमाडौँका १ जना महिला डिस्चार्ज भएकि छन् । त्यस्तै कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना, राप्ति सोनार आइसोलेसन सेन्टरबाट बाँकेका ७ जना पुरुष, बिपी अस्पताल धरानबाट झापाका २८ जना पुरुष, कोरोना बिशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष, जिल्ला अस्पताल दैलेखबाट दैलेखकि एक महिला रहेकी छन् । 

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ नमुना परीक्षण भएका छन् । त्यस्तै पीसीआर विधिबाट भने हालसम्म १ लाख ६ हजार ३३१ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६५ हजार ७७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ४८७ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, चितवन र स्याङ्जामा एक/एक गरी १५ जनाको मृत्यु भएको छ ।

मंगलबार संक्रमित हुनेहरु कहाँका कति ? 

आज संक्रमित: २९२ जना पुरुष ३१ जना महिला 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर – ३ जना 

कोशी अस्पताल प्रयोगशाला – (इलाम) का १ जना पुरुष

बिपी केएचएस धरान – सुनसरीका १ जना, सप्तरीका ६ जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुर – (चितवनका २४ जना, नवलपुरका ३ जना, धादिङका १ जना, कपिलवस्तुका १ जना र सप्तरीको १ जना) सहित ३० जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा –  (म्याग्दीका १ जना, नवलपुरका १२ जना, बागलुङ ११ जना) गरि कुल २४ जना 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर – (धनुषाका २१ जना, महोत्तरीका १९ जना, सर्लाहीका १ जना) गरि कुल ४१ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ – दाङका ६ जना 

भेरी अस्पताल प्रयोगशाला – बाँकेका ९ जना 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – जुम्लाका २ जना 

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी अन्वेषण प्रयोगशाला– (सल्यानका १२ जना र सुर्खेतको ४ जना) गरि १६ जना 

सेती प्रादेशिक अस्पताल – (दार्चुलाका १० जना, कंचनपुरका १९ जना, डडेलधुराका ७ जना र कैलालीका १ जना) गरि ३७ जना 

प्रादेशिक अस्पताल रुपन्देही – (रुपन्देहीका २० जना र कपिलवस्तुका २ जना) गरि २२ जना 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु – (धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिममा १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना र सर्लाहीका १६ जना र सिराहाका १२ जना) गरि कुल १२५ जना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक