२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोमा पुरिएर दुईको मृत्यु

२०७७, २८ जेष्ठ बुधबार ०३:०४

जेठ २८, म्याग्दी | जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ । पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो । 

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए । पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ । पशुचौपायको भने क्षति भएको छैन । थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ