2026-06-20 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कोरोनाको सर्वाधिक परीक्षण गर्ने देशको सूचीमा ५३ औं, मृत्युदर १.७९ प्रतिशत (डाटा सहित)

जेठ ३१, काठमाडौँ | विश्वमा ७७ लाख भन्दा बढी मानिस कोरोना संक्रमित छन् । पछिल्लो अपडेट अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ७७ लाख ३२ हजार ४८५ रहेका छन् । जसमध्ये ४ लाख २८ हजार २३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित मध्ये ३९ लाख ५६ हजार २७२ जना निको भएका छन् ।  

विश्वमा कोरोना संक्रमित भई मृत्यु हुनेको प्रतिशत ९.७६ प्रतिशत रहेको छ । यसको मतलव कोरोना संक्रमित भई हरेक १०० जनामा झन्डै १० जनाको मृत्यु भएको अवस्था छ । विश्वमा कोरोना संक्रमित भई अझैपनि ३३ लाख भन्दा बढी उपचारको क्रममा रहेका कारण कोरोनाको कारण मृत्यु हुनेको प्रतिशत हेरफेर हुन सक्छ । हालसम्म कोरोना संक्रमण बिरुद्ध औषधि पत्ता नलागेको कारण अधिकांश देशहरुमा सामाजिक दुरीलाई कायम गर्न लकडाउन गरिएको छ । अत्यावश्यक बाहेक सेवाहरु बन्द छन् । कतिपय देशमा भने लकडाउनको मोडालिटी परिवर्तन गरिएका छन् । 

यसैबीच नेपाल कोरोना संक्रमित देशहरुको सूचीमा ७१ औं नम्बरमा रहेको छ । हालसम्म नेपालमा ५०६२ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेको संख्या कुल संक्रमित संख्याको १७.३२% रहेको छ । यसको मतलब हाल नेपालमा संक्रमित १०० जनामा १७ जना निको भएर फर्किएका छन् भने हरेक १०० जना संक्रमित मध्ये मृत्यु हुनेको संख्या १.७९ जना रहेको छ । विश्वको तुलनामा नेपालमा कोरोना संक्रमणबाट कम मृत्यु हुनुलाई सामान्य रुपमा लिन सकिन्छ किनकी हालसम्म नेपालमा कोरोना संक्रमितहरुको अत्याधिक संख्या विदेशबाट आएकाहरु रहेका छन् । सामुदायिक रुपमा कोरोना संक्रमण नफैलिएको कारण बृद्ध/बृद्धामा कोरोना संक्रमण फैलिसकेको छैन । 

सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा अमेरिका रहेको छ जहाँ २१ लाख १६ हजार ९२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख २९ हजार ९०२ जना संक्रमित रहेका छन् । त्यस्तै तेश्रो नम्बरमा रहेको रसियामा कोरोना संक्रमितको संख्या ५ लाख ११ हजार ४२३ जना रहेका छन् । चौथो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ३ लाख ९ हजार ६०३ रहेको छ । 

नेपालमा हालसम्म कोरोना र आरडीटि परीक्षणलाई जोड्दा ३ लाख ९ हजार ९१४ कोरोना परीक्षण भएको छ । यो परीक्षणको संख्यालाई हेर्दा नेपाल विश्वको कोरोना परीक्षण सूचीमा ५३ औं स्थानमा रहेको छ । पहिलो नम्बरमा रहेको अमेरिकाले हालसम्म २ करोड ३७ लाख भन्दा बढी परीक्षण गरेको अवस्था छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार हालसम्म ५०६२ संक्रमित पत्ता लागेको अवस्थामा संक्रमित पुरुषको संख्या ४ हजार ७०२ जना र महिलाको संख्या ३६० जना रहेको छ । जसमध्ये ८७७ जना निको भएका छन्, जसमा पुरुषको संख्या ७८६ जना रहेको छ भने ९१ जना महिला कोरोना मुक्त भएका छन् । उमेर अनुसार नेपालमा सबैभन्दा बढी संक्रमित २१ देखि ३० बर्ष उमेरका रहेका छन् । 

नेपालमा उमेर अनुसार संक्रमितको संख्या:

०-१० बर्षका: १२१ जना 

११-२० बर्षका: १३२६ जना 

 २१-३० बर्षका: १९६४ जना 

३१-४० बर्षका: १०५५ जना 

४१-५० बर्षका: ४२३ जना 

५१-६० बर्षका: १३० जना 

६१-७० बर्षका: ३३ जना 

७१-८० बर्षका: ९ जना 

८१ बर्षदेखि माथिका: १ जना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ