2026-09-12 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोती घटना: नौ प्रतिवादीको सकियो बयान

असार २, रुकुम | चौरजहारी–८  सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ ।  कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । 

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ  छ ।  बयान बुधबार पनि  हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ । आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि  मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते  चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक  जनाको मृत्यु भएको थियो । 

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर,  राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह