2026-06-20 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको घेराभित्र चिकित्सक

असार ३, जाजरकोट | जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकसमेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकलाई आक्रमण गर्ने उद्देश्यले गएको जुलुस र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालय अगाडि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा क्षति भएको थियो । पानीमा डुबेको शव परीक्षण रिपोर्ट तयार किन पारेको आरोप लगाउँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुँदै आएको छ ।

दैनिक नारा, जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीमा त्रास बढेकाले तीन दिनदेखि बिरामीको उपचारका खटिएका भेरी नगरपालिका–१ का कालीबहादुर रानाले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयमा शव परीक्षणका लागि ल्याएको शवको समेत निर्धारित समयमा परीक्षण गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताउनुभयो । “काम गर्ने वातावरण नै छैन, कसरी काम गर्ने ?”, उहाँले भन्नुभयो । 

चार एक्सरे गर्ने मुद्दा आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरे मेसिनमा समस्या आएपछि रुकुमपश्चिमको चौरजहारीमा पठाएको डा पुनले बताउनुभयो । नलगाड नगरपालिकाको रघुनाथमासमेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका लागि ल्याइएको स्वाब सदरमुकाम ल्याउने कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । 

दैनिक हुने आन्दोलनका कारण संसदीय छानविन समितिको अनुसन्धानमा समेत बाधा पुगेको छ । प्रमाण सङ्कलनमा ध्यान दिनुभन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षति पुर्याउनेतर्फ अधिकांशको ध्यान गएको सुरक्षा अधिकारीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ