2026-07-24 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडक्रस सोसाइटीमा तदर्थ समितिको माग

असार ७, काठमाडौं । परिवर्तन नेपाल रेडक्रस समूहले अविलम्ब नेपाल रेडक्रस सोसाइटीमा पदाधिकारी पुनर्गठनको माग गरेको छ । पदाधिकारीको पदावधि विसं २०७५ चैत मसान्तमा सकिएको भए पनि हालसम्म नयाँ नेतृत्व गठन हुन नसकेकाले सरकारी प्रतिनिधिको नेतृत्वमा तदर्थ समिति गठन गरी निष्पक्ष निर्वाचन गर्न उक्त समूहले आग्रह गरेको छ । सञ्जीवकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको पदावधि सम्पन्न भएपछि सोही समितिले दुईपटकमा १५ महिना समय थप गरेर पनि संस्थाको निर्वाचन गराउन नसकेपछि समस्या उत्पन्न भएको हो ।

 देशभर रेडक्रसकर्मीको सञ्जाल रहेको उक्त समूहले पदावधि सम्पन्न भएका पदाधिकारीको निर्देशनमा आर्थिक तथा वित्तीय कारोवार सञ्चालन गर्दा अनियमितता हुनसक्ने आशङ्का गरी संस्थाको नाममा विभिन्न बैंकमा रहेका खाता सञ्चालनमा केन्द्रीय बैंकले प्रतिबन्ध लगाउन सुझावसमेत दिएको छ । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललाई थापा नेतृत्वको पदाधिकारी तथा कार्यसमितिको नामबाट कुनै पनि आर्थिक प्रशासनिक कामकाज, गतिविधि नगर्न नगराउन ध्यानाकर्षणसमेत गराएको समूहले जनाएको छ ।

समूहका संयोजक जगदीश भट्टराईले वर्तमान नेतृत्वको अकर्मण्यताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सञ्जाल रहेको उक्त संस्थाले अहिले कानूनी वैधता गुमाएकामा चिन्ता व्यक्त गर्दै चाँडो तदर्थ समिति गठन गरी उपयुक्त समयमा अधिवेशन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

 सर्वोच्च अदालतले गत भदौ २४ गते गरेको फैसलाअनुसार तत्कालीन पदाधिकारीले निर्वाचन सम्पन्न नगरी एकल निर्णयबाट संस्था सञ्चालन गरेको, कर्मचारी भर्ना, सरुवा, करार  नवीकरण, नियमविपरीत महिनामा दुईपटक केन्द्रीय कार्यसमितिको बैठक गरेको, संस्थालाई आर्थिकरूपमा धरासायी बनाएको, दाताहरुले विकास तथा सेवा कार्यक्रममा सहयोग रोकेको, कर छली गरेको समूहले जनाएको छ । 

आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानूनी बाधा आएमा बाधा अड्काउ फुकाउन कानूनी उपचारमा जाने निर्णय वर्तमान कार्यसमितिले गरेको छ । निर्धारित समयमा अधिवेशन सम्पन्न नगरेर पदावधि सम्पन्न भएको केन्द्रीय कार्यसमितिले यही असार २५ देखि २७ गतेसम्म केन्द्रीयसभाको ४८औँ अधिवेशन काठमाडौँ उपत्यकाभित्र गर्ने तयारी गरेको छ । बन्दाबन्दीका कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको वैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको संशोधन गरी बाधा अड्काउ फुकाउने निर्णयसमेत गरेको छ । विसं २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आह्वान गरिएको ४८औँ महाधिवेशनको सम्पूर्ण तयारी भएको अवस्थामा विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुनसकेको छैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक