2026-07-25 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब

असार ७, ओक्लाहोमा (रासस/एएन्आई) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गर्नुभएको छ ।

स्थानीय समय अनुसार शुक्रबार उहाँले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गर्नुभएको हो ।

ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भन्नुभयो, “हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।” 

उहाँले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गर्नुभएको थियो । उक्त अवसरमा उहाँले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाउनुभएको थिएन । उहाँको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् । 

आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भन्नुभयो ।

“जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक सङ्क्रमित भएको भेटिनेछ, “त्यसैले मैैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौँ तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ ।” 

ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (दुई करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो ।

चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भन्नुभयो, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।”

अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६६२ व्यक्तिमा  सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा एक लाख १९ हजार ७१९सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक