गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ श"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

डा. गोविन्द केसीका माग पुरा गर्न नयाँ शक्ति नेपाल रुकुमको माग

७ श्रावण २०७३, शुक्रबार ११:५१

गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ शक्तिले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र भ्रष्टाचार न्युनिकरणको सवाल उठाएर अनशनरत डा. केसीको माग पुरा गर्न माग गरेको हो । 

उसले सिमांकनका क्रममा कुनै वैज्ञानिक कारण विना रुकुमलाई प्रस्तावित २ आटो प्रदेशमा पर्ने गरी विभाजन गरिएकामा यथासिघ्र वैज्ञानिक ढंगले सिमांकन प्रक्रियाको थालनी गर्न र द्धन्दकालिन मुद्दा व्युताएर थप द्धन्द सृजना गर्न खोजिएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय, निष्पक्ष र प्रभावकारी भुमिका खेल्न सुझाव दिएको छ । 

विशेषगरी तत्कालिन माओवादी जनयुद्धका क्रममा स्थानिय जनसत्ताले गरेका घर जग्गा रजिष्ट्रेशन लगाएतका घटनालाई आयोग मार्फत रुकुम जिल्लाबाटै काम थाल्न नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीका कार्यालयमा बुझाईएको माग पत्रमा भनिएको छ ।  

शान्ती तथा पुनर्निर्माण मन्त्रालयबाट जिल्लाका ५ हजार ३ सय ८४ जना द्धन्द पिडितहरुले राहात पाउन नसकेको भन्दै राहात नपाएका पिडितहरुलाई तत्काल राहात प्रदान गर्न पनि माग गरिएको छ । 

संसद विकास कोषको रकम पार्टी र कार्यकर्तालाई पोस्ने पुरानै परम्परा दोहोरिने गरेकाले यसमा अनुगमण गर्न, सरकारले गरिव परिवार पहिचान गरिरहेकामा वास्तविक परिवारको पहिचान हुनुपर्ने र नक्कली विवरण दिनेलाई कारवाहि हुनुपर्ने लगाएतका ७ बुँदामा नयाँ शक्तिले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक उपेन्द्रलाल कामी लगाएत ६ जनाको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यायमा पुगेर माग पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह