गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।"/>
२ माघ २०८२, बिहीबार
पश्चिमी रुकुम - RKM

रुकुममा जवरजस्ती करणी गरी वेच्न खोज्ने पक्राउ

७ श्रावण २०७३, शुक्रबार ११:५५

गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । 

मुसिकोट नगरपालिकाको पिपलनेटाबाट जवरजस्ती करणी गरी एक युवतीलाई सल्यान हुँदै भारत लैजान खोज्ने रुकुम गरायला १ का कमल प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वर्षिय बिक र छिवाङ ५ का २२ वर्षिय गोपाल बिष्टले गत असार २८ गते बेलुकी जवरजस्ती करणी गरी उक्त युवतीलाई जवरजस्ती भारत लैजादै गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

घटनामा संलग्न बिष्ट भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी खड्काले बताउनुभयो । पक्राउ परेका विक माथी मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह