2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

असार १२, सुर्खेत | प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । 

अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । 

यसैबीच, आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो । जेठ ११ गते भारतबाट आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । 

दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताउनुभयो । यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने