२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नहर भत्किदा दुई जनाको ज्यान गयो

२०७७, १५ असार सोमबार ०३:२४

असार १५, काठमाडौं | दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा दुई जनाको ज्यान गएको छ । 

गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

उक्त पहिरोमा परि उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेकोले उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको चन्दले बताए । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए । 

अन्य तीन जनाको घर समेत पहिरो जोखिम भएकोले अन्य परिवारलाई सुरक्षित स्थानमा राख्ने तयारी गरिरहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह घामीले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ