2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीको भजनी र जोशीपुर डुबानमा

असार १९, लम्की । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि  गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिनुभयो ।  भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ । “काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो”, चौधरी भन्नुहुन्छ,  ‘‘कान्द्रा नदी बढ्न थालेको छ । नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ ।” 

भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ । भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको चौधरीले बताउनुभयो । “नदीमा पानी भरिएपछि गाउँ पस्यो, भजनी–जोशीपुर हुँदै बौनिया जोड्ने सडकसमेत डुबानमा परेको छ । सडकमा डेढ मिटर पानी पुगेको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ ।”

भजनीको वडा नं २ स्थित मोहनपुरमा नदीले सयौँ बिघा धानखेती पटानी गरेको छ । भर्खरै धान रोपेको सयौँ बिघा पटानी गरेपछि किसान दुःखी भएका छन् । कान्द्रा नदी गाउँ फर्किएपछि चौधरीको एक बिघा धानखेती पटानी भएको छ । चौधरीसँगै मोहनपुरका ६५ किसानको खेत बालुवाले पुरेको छ । भजनीकै दुःखराम चौधरीले  पालेका माछा बगेका छन् । “पाँच हजार माछा हालेको थिएँ, सबै बगायो”, दुःखरामले भन्नुभयो, “एक किलो तौल पुगिसकेका थिए । मलाई लाखौँ घाटा भयो ।”

बिहीबार रातिको वर्षापछि काढा नदीको पानी गाउँ पसेपछि जोशीपुर १ राजीपुरमा २५ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र  लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासी शेरबहादुर साउदले जानकारी दिनुभयो । “नदीमा पानीको बहाव बढिरहेको छ । नदीमा पानी बढे जोशीपुर डुबान र कटानको जोखिममा पर्छ”, साउदले भन्नुभयो, “मुक्तकमैया बस्तीमा त दयनीय अवस्था भएको छ ।”

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन् । भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली र उच्च घरलाई तयारी अवस्थामा राखेको १ नं वडाध्यक्ष विधिराम चौधरीले बताउनुभयो । यहाँ वर्षेनी बाढी र कटान हुन्छ ।

यहाँका नागरिक हरेक वर्ष बाढीको त्रासमा हुन्छन् । बाढी आउने भएपछि यहाँका धेरै किसान चैते धानखेती गर्छन् । जोशीपुरका खगेन्द्र साउदले वर्षेनी डुबानको समस्या झेल्दै आए पनि सरकारले दीर्घकालीन डुबानको समस्या समाधान गर्न पहल नगरेको गुनासो गर्नुभयो । “वर्षात् हुन थाले हामी रातभरि सुत्न सक्दैनौँ”, साउदले भन्नुभयो, “अन्नपात सबै भिजेर नष्ट भएको छ । अझै वर्षा हुने देखिएको छ । हामी सुरक्षित स्थानको खोजीमा छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन