साउन ८,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन ८, 
२ माघ २०८२, बिहीबार
कपिलवस्तु - KPL

माई रिपब्लिकाको सम्पादकीयप्रति राष्ट्रिय मदरसा संघको गम्भीर आपत्ति

८ श्रावण २०७३, शनिबार १५:२५

 साउन ८, कृष्णनगर (कपिलवस्तु) । नेपालको चर्चित राष्ट्रिय अंग्रेजी दैनिक “माई रिपब्लिका” मा छापिएको “नेपालमा आतंकबाद” शीर्षकको सम्पादकीयप्रति राष्ट्रिय मदरसा संघ नेपालले गम्भीर आपत्ति जनाएको छ ।

विभिन्न मुलुकमा भइरहेका आतंकबादी घटनाको चर्चा गर्दै गत १६ जुलाई शनिबारको सम्पादकीयमा माई रिपब्लिकाले नेपाललाई अति सम्बेदनशील क्षेत्र बताउँदै नेपाली मुसलमान र मदरसालाई कठघरामा उभ्याउने जस्ता अनुचित शब्द प्रयोग गरेकोप्रति राष्ट्रिय मदरसा संघ नेपालले आपत्ति जाहेर गरेको हो । मदरसा संघको कृष्णनगरमा बसेको आपतकालिन बैठकले एक प्रेसविज्ञप्ती प्रकाशित गर्दै पत्रिकाको निराधार, मनगणन्ते र गैर जिम्मेवार लेखप्रति घोर भ्रत्सना गरेको छ ।

राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अल कुफी र महासचिव मौलाना मशहूद खाँ नेपालीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमार्फत सम्पादकीयको खण्डन गर्दै कारवाहीको माग गरिएको छ । यसबारे छानबीन गरी कारबाही गरिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दर्ता गराएको संघका अध्यक्ष अलकुफीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयबाट कारबाही गरिने आश्वासन पाएको अलकुफीले जनाउनुभयो ।

यस किसिमको सम्बेदनशील विषयलाई गम्भीर रुपमा लिंदै मदरसा संघले पत्रिकाका सम्पादक सुभाष घिमिरेलाई टेलिफोनबाटै यस प्रकारको भ्रमात्मक शब्द प्रयोग नगर्न चेतावनी दिएको महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले बताउनुभयो । आगामी दिनमा कुनै एउटा समुदाय र भविष्यसँग सम्बन्ध जोडिएका विषयवस्तुलाई सोंचविचार नगरी विना आधार कुनै पनि लेख, समाचार प्रकाशित नगर्न समेत चेतावनी दिएको नेपालीले जनाउनुभयो ।

पत्रिकाका सम्पादक घिमिरेले आफ्नो कमजोरी महसुस गर्दै आगामी दिनमा यस किसिमको गल्ती नदोहोरीयाउने बाचा गरेको मौलाना नेपालीले बताउनुभयो । साथै गत १८ जुलाईमा प्रकाशित पत्रिकाको सम्पादकीयमा क्षमा याचना समेत गरिसकेको नेपालीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का