दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अ"/>
२ माघ २०८२, बिहीबार
कालिकोट - KLK

बल्ल-बल्ल पाको छोरो … भनेझै, न दिनमा खान्छन् न राती सुत्छन् सत्य टमट्टा

८ श्रावण २०७३, शनिबार १५:३०

दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अन्तत पाचौं सन्तानको रुपमा छोराको जन्म दिए । छोरा जन्मिदा उनीमात्र हैन उनका आफन्तमा समेत खुशी छायो । ऋण काटेर ६ दिने छैटी र नौ दिने नुवार्नी पनि गरे । छोरा जन्मिदाको खुशी र हर्श अहिले पिडामा परिणत भएको छ टमट्टा दम्पतीमा ।
न्यून आए भएका टमट्टाले छोरा जन्मिदा ऋण काटेर खुशी मनाए तर अहिले छोरा विरामी हुँदा छोराको उपचार खर्च जोड्न पनि सकेका छैनन् । विरामी छोराको विलौना पोख्दै सत्य टमट्टा रुदै भन्छिन् –  छोरो जन्मदा पिठीआउनी नानु घाउ छियो अहिले त बड्डै भैगो छोरो भयाको ३ महिना भयो' एक रात पनि ढुल्न पायाको नाई, ओख्तोमुलो अर्यापै बिस्तारै भलो होइजाला सुच्या अहिले त उदोहड सबै सुकिगयो । नेका अस्पताल लियापई उदाल्यो भन्दा डाक्टर, ठूला अस्पताल औषधी अन्र्या रुपीया नाई क्या अरौं, भन्दै विलौना पोख्छन् ।
पती गोहोडे टमट्टा छोराको उपचार खर्च जोहोको लागि दिनरात काम खोज्छन् तर दिनभर कमाएको कमाई विहान बेलुका खान मात्र ठिक्क हुन्छ घरमा भएको सानो तिनो खेतीपाती पनि छोरा विरामी भएपछि राम्रो संग लगाउन पाईएका छैनन् । उनी भन्छन् कुनै निकायले आर्थिक सहयोग गरी छोराको उपचार अरिदिनपाए उहिको गुन कहिल्याई बिर्सीन्या छियान ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का