२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बाढीले हजारौँ घर डुबानमा, कोसी ब्यारेजका ३२ ढोका खोलियो

९ श्रावण २०७३, आईतवार ०१:४०

साउन ९, सप्तरी | शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन्। सदरमुकाम राजविराजका वडा नम्बर ५ र ८ मा पनि वर्षाको पानी निकास हुन नसकेर ८० वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ।

 खाँडो खोलामा आएको बाढीले तिलाठी र सकरपुराका झन्डै ७ सय घर डुबानमा परेका छन्। सोही खोलाको बाढीले देउरी भरुवाका सय, तोपाका सय, कजौलीका सय, रम्पुरा मल्हनियाँका ८५ र कोइलाडीका ५५ घर डुबानमा परेका छन् | सप्तरीको दिघुवास्थित मुसहर बस्तीमा खाँडो खोलाको बाढी पस्दा सय घर डुबानमा परेको स्थानीयले जानकारी गराएका छन्। 

 त्यसैगरी, जिता खोलाको बाढीले महादेवाका सय र भगवतपुर तथा बथनाहा लौगी टोलका ५०–५० घर डुबानमा परेका छन्। महुली खोलाले सप्तरीको धनपुरीमा दुई सय मिटर बाध कटान गरेपछि पोर्ताहाका विभिन्न चार वडाका तीन सय २५ र भारदहका सय घर डुबानमा परेका छन्। 

 डुबानमा परेका तीन सय घरपरिवारको उद्धार 

अविरल वर्षाले डुबानमा परेका घरपरिवारको प्रहरीले उद्धार गरेको छ। मोरङको हसन्दह, महादेवा, कटहरी, अमरदहलगायतका गाविसका विभिन्न वडामा डुबानमा परेका घरपरिवारको प्रहरीले उद्धार गरेको हो। हसन्दह– ३ जयनगरमा बक्राहा खोलामा आएको बाढी बाँध नाघेर गाउँमा पसेपछि अमरदहका विभिन्न वडाका २० घरपरिवार डुबानमा परेका थिए। उनीहरूलाई इप्रका रंगेली, र पथरीबाट खटिएको टोलीले उद्धार गरेको हो।

यसैगरी, बक्राहा खोलामा आएको बाढीले तटबन्ध भत्काएपछि बाँध भत्कने भयले त्रसित बनेका हसन्दह ३ र ५ का करिब दुई सय ५० घरपरिवारलाई स्थानीय सुगा निमाविमा तत्काल सारिएको मोरङ प्रहरीले जनाएको छ। महादेवा गाविसमा अविरल रूपमा परेको पानीले गर्दा एक दर्जन मुसहर परिवारको घर भत्किएको इप्रका सिजुवाले जनाएको छ।

यसैगरी, मधुमल्ला गाविसमा पनि बक्राहा खोलाको बाढीले दश घरपरिवार विस्थापित बनेका छन्। डायनिया र कटहरीमा पनि केही घर परिवार विस्थापित बनेका छन्। 

कोसी ब्यारेजका ३२ ढोका खोलियो 

कोसीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजका ५२ ढोकामध्ये ३२ ढोका खोलिएको छ। कोसी ब्यारेजको पुलमाथिसम्म पानी पुगेपछि ढोका खोलिएको हो। शनिबार दिउासो दुई बजे कोसीको बहाव दुई लाख ३८ हजार पाँच सय ५० क्युसेक मापन गरिएको कोसी ब्यारेज प्रहरी चौकीका सइ भीम थेबेले जानकारी दिए।

कोसीले पूर्व–पश्चिम क्षेत्रमा कटान गरिरहेकाले प्लस्टर टिम पनि तयारी अवस्थामा बसेको सुनसरी प्रशासनले जनाएको छ। खतरा बढे जनतालाई त्यहाँबाट अन्यत्र सार्ने गरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए। - नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का